वीरगञ्जमा निषेधाज्ञा जारी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी भएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो। धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । […] The post वीरगञ्जमा निषेधाज्ञा जारी appeared first on Imagekhabar - Online News Portal of Nepal.