Redirecting...

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै - corporatekhabar.com

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् । गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् । सुवास नेम्वाङको निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए । The post ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.