Redirecting...

विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने एमालेको निर्णय - www.pardafas.com

विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने एमालेको निर्णय - www.pardafas.com
Source: pfds

नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको हो । बैठकले भदौमा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ।’ अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । यसअघि पदाधिकारीको संख्या बढाउने तयारी भएको खबर बाहिर आएको थियो । ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिनेछ । उनले महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने जानकारी दिए ।