आर्सनल विजयी, चेल्सीको हार - www.hamrokhelkud.com
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा बेन ह्वाइटको क्रसमा मेरिनोले हेडमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि गोलकिपर डेभिड रायाले ब्रेन्टफोर्डका केभिन सादेको प्रहार रोक्दै टोलीलाई बचाए। दोस्रो हाफमा प्रशिक्षक मिकेल आर्टेटाले साका र एबेरेची एजेलाई मैदान उतारे। इन्जुरी समयको पहिलो मिनेटमा साकाले गोल गर्दै आर्सनलको जित पक्का गरे। यो जितसँगै आर्सनल (३३ अंक) शीर्षस्थानमा थप मजबुत बनेको छ। ब्रेन्टफोर्ड हारपछि एक स्थान झर्दै तालिकाको १३औँ स्थानमा पुगेको छ। चेल्सीको हार लिड्स युनाइटेडले एल्यान्ड रोडमा चेल्सीलाई ३-१ ले पराजित रिलिगेसन क्षेत्रबाट निस्किएको छ। खेलको छैटौँ मिनेटमै जाका बिजोलले शक्तिशाली हेड गोल गर्दै लिड्सलाई अग्रता दिलाए। ४३ औं मिनेटमा आओ तनाकाले पेनाल्टी बक्सको छेउबाट प्रहार गर्दै दोस्रो गोल गरे। दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर पछि चेल्सीको रक्षकपक्तिबाट भएको गल्तीको फाइदा उठाउँदै डोमिनिक क्याल्भर्ट लुइनले ७२ औं मिनेटमा तेस्रो गोल गरे र लिड्सको जित पक्का गरे। यो हारपछि चेल्सी तालिकाको चौथो स्थानमा झर्यो र शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ९ अंक पछि पर्यो। लिड्स अंक तालिकामा वेस्ट हमलाई उछिन्दै १७ औँ स्थानमा पुगेको छ। लिभरपुल हारबाट जोगियो लिभरपुलले घरेलु मैदान एनफिल्डमा हारबाट जोगिएको छ। लिभरपुल र सन्डरल्यान्डबीचको खेल १–१ को बराबरी टुंगिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोलले लिभरपुलले १ अंक जोड्यो । खेलको ८१औँ मिनेटमा लिभरपुल फ्लोरियन विर्ट्जको कमजोर प्रहार सनडरल्यान्डका नोर्डी मुकिएलमा लागेर आत्मघाती गोल भएको थियो । त्यसअघि ७६ औं मिनेटमा सन्डरल्यान्डका चेम्सडिन तालीबीले टाढाबाट प्रहार गर्दा लिभरपुलका भर्जिल भान डाइकको ढाडमा लाग्दै गोल भएको थियो ।यो बराबरीपछि लिभरपुल आठौँ स्थानमा रह्यो। सन्डरल्यान्ड छैंटौं स्थानमा छ। अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई ४-३ ले, क्रिस्टल प्यालेसले बर्नली तथा नटिङघम फरेस्टले वल्भ्सलाई समान १-० ले हराएको छ। प्रिमियर लिगमा बुधवारको नतिजा र अंक तालिकाका शीर्ष १५ टोली The post आर्सनल विजयी, चेल्सीको हार first appeared on हाम्रो खेलकुद.