गजल : आर्तनाद - sahityapost.com
Source: shpt
मौनतालाई छिचोल्दै फेरि, शून्यतामा हराएको छु।बाहिर मौन रहे पनि, भित्रभित्रै कति कराएको छु। सपना देख्नु गल्ती, या विपना अँगाल्न नसक्नुको,विपनालाई सपना, सम्झेरै पनि त म बर्बराएको छु। खै कहाँ पुगी टक्क रोकिएला, जिन्दगीको यात्रा यो,रोकिन नपाई यात्रा नै सकिन्छ कि, भन्दै डराएको छु । मेरो मनभित्र चलेको हावाहुरी, तिमीले के देख्थ्यौ र ?भनूँ कसरी ? कति बिघ्न गरी, मन शान्त गराएको छु । लौ भगवान्, मेरो सपनाको जिम्मा तिमी नै लिइदेऊ है,मेरो त के भर ? आज हो कि भोलि भन्दै, धर्मराएको छु। The post गजल : आर्तनाद appeared first on साहित्यपोस्ट.