Redirecting...

पत्रकारितासम्बन्धी २०२५ को चर्चित मिम : हेडलाइनभन्दा बढी पढ्ने पाठकलाई सलाम ! - ekantipur.com

पत्रकारितासम्बन्धी २०२५ को चर्चित मिम :  हेडलाइनभन्दा बढी पढ्ने पाठकलाई सलाम ! - ekantipur.com
Source: kant

सन् २०२५ नेपाली तथा विश्व पत्रकारिता क्षेत्रका लागि असाधारण चुनौतीको वर्ष बन्यो । जेनरेटिभ एआईको उदय, मिडिया हाउसमा निरन्तर पत्रकार कटौती, संस्थागत एकीकरण, खरिद बिक्री, राजनीतिक तहबाट आउने आलोचना र कहिल्यै नटुंगिने समाचार चक्रले पत्रकारहरूको पेसागत धैर्य मात्र होइन, मानसिक स्वास्थ्यसमेत परीक्षण गरिरह्यो ।