Redirecting...

विश्वप्रकाश शर्माले भने- विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्नुस् - www.pardafas.com

विश्वप्रकाश शर्माले भने- विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्नुस् - www.pardafas.com
Source: pfds

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न भनेका छन्। मंगलबार भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्,’ शर्माले भनेका छन् । जेन–जी आन्दाेलनसँगै परिस्थिति बदलिएपछि कांग्रेसमा इतर समूहले विशेष महाधिवशेनकाे विषय जाेडताेडले उठाइरहेका छन्। संस्थापन पक्षले नियमित महाधिवेशन नै धकेल्न खाेजिरहेका बेला इतर समूहले भने विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन नै सुरु गरिसकेका छन्। कांग्रेसको केन्द्रीय समितिको बैठक २६ असाेजमा बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै उनीहरूलाई महामन्त्री शर्माले भनेका छन्, ‘लगन पछिको पोते के काम !’