Redirecting...

बैठकमा प्रचण्डको ब्रिफिङ : पार्टी एकता गर्न माधव नेपाल र विप्लव सहमत, प्रक्रिया लम्बिन सक्छ - www.sutranews.com

बैठकमा प्रचण्डको ब्रिफिङ : पार्टी एकता गर्न माधव नेपाल र विप्लव सहमत, प्रक्रिया लम्बिन सक्छ - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक शुक्रबारबाट सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारेमा जानकारी गराएका छन् । सोही क्रममा उनले नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको विषयमा जानकारी गराएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकता गर्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र विप्लव सहमत रहेको जानकारी गराए । ‘हामीबिच एउटै पार्टी बनाएर जानुपर्छ भन्नेमा एकमत छ,’ उनले भने । चाँडै पार्टी एकता गर्ने विषयमा नेपाल र विप्लवसँग छलफल भइरहेको भन्दै उनले एकता प्रक्रिया लम्बिन पनि सक्ने बताए । ‘माधव र विप्लवजीसँग कुरा भइरहेको छ । चाँडै एकताको प्रक्रिया अघि बढ्छ । एकता तत्काल हुनु पनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ,’ अध्यक्ष प्रचण्डले भने । उनले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्नेगरी छलफल भइरहेको बताए । पार्टी एकताको विषयमा छलफल मोर्चामा आबद्ध दलसँग मात्र सीमित नरहेको भन्दै उनले पूर्वमाओवादी घटकहरूसँग छलफल भइरहेको जानकारी गराए ।