Redirecting...

बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४३ अर्ब नाघ्योे - ehimalayatimes.com

बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४३ अर्ब नाघ्योे - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिना अर्थात् कात्तिक समान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरूमध्ये नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति २६ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंकको २८ करोड ८७ लाख, नबिल बैंकको तीन अर्ब ४५ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ८७ करोड ६८ लाख, हिमालयन बैंकको पाँच अर्ब ९३ करोड चार लाख, नेपाल एसबिआई बैंकको ९५ करोड २७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्ष बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ थियो । त्यस्तै, एभरेष्ट बैंकको ५२ करोड ९५ लाख, एनआइसी एसिया बैंकको चार अर्ब ४२ करोड ७३ लाख, माछापुच्छ«े बैंकको ६० करोड, कुमारी बैंकको दुई अर्ब ५२ करोड ११ लाख, लक्ष्मी सनराइज बैंकको दुई अर्ब १९ करोड ६३ लाख, सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ । त्यसैगरी, कृषि विकास बैंकको एक अर्ब ३४ करोड ४९ लाख, ग्लोबल आइएमई बैंकको छ अर्ब पाँच करोड ४० लाख, सिटिजन्स बैंकको एक अर्ब २३ करोड ९२ लाख, प्राइम कमर्सियल बैंकको चार अर्ब २३ करोड ६४ लाख, एनएमबी बैंकको एक अर्ब ७७ करोड २५ लाख, प्रभु बैंकको एक अर्ब ७० करोड र सानिमा बैंकको एक अर्ब दुइ करोड ८३ लाख रूपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएको सम्पत्तिनै गैरबैंकिङ सम्पत्ति हो । सेयर धितो कर्जा २९.२५ प्रतिशतले वृद्धिनीतिगत व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जामा लगानी बढाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई एक खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ प्रवाह गरेका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले एक खर्ब १३ अर्ब छ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रदान गरेका थिए । बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक व्यवस्थाअनुसार व्यक्तिको स्वामित्वमा रहेका पुराना सेयर वा भविष्यमा खरिद गरिने सेयरलाई धितो मानेर कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले मात्रै सेयर लगानीकर्तालाई एक खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जामार्फत प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको सेयर धितो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले सेयर धितो कर्जामार्फत ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ प्रदान गरेका थिए । तथ्यांकअनुसार दुई वाणिज्य बैंकलेमार्फत सेयर धितो कर्जा घटाएका छन् भने अन्य बैंकहरूले बढाएका छन् । नबिल बैंकले सर्वाधिक ४३ प्रतिशतले बढाएर सेयर धितो कर्जा १५ अर्ब ९६ करोड रुपैयाँ पुर्‍याएको छ भने ग्लोबल आइएमई बैंकले पनि १८ प्रतिशतले बढाएर १३ अर्ब १९ करोड पुर्‍याएको छ । त्यसैगरी, कुमारी बैंकले २० प्रतिशतले बढाएर नौ अर्ब ९८ करोड, प्राइम बैंकले ७८ प्रतिशतले बढाएर नौ अर्ब ९८ करोड, सिद्धार्थ बैंकले १२ प्रतिशतले बढाए आठ अर्ब ८७ करोड, लक्ष्मी सनराइज बैंकले शतप्रतिशतले बढाएर आठ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकले ८१ प्रतिशतले बढाएर सात अर्ब २० करोड रुपैयाँ पुर्‍याएको छ तर एनआइसी एशिया बैंकले ७० प्रतिशत, नेपाल बैंकले भने ७.४ प्रतिशतले त्यस्तो कर्जा घटाएका छन् । त्यस्तै, सो अवधिमा विकास बैंकले १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१८ प्रतिशत बढी हो । गत आर्थिक विकास बैंकहरुले १७ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । जसले १५.७१ प्रतिशतले बढाएर तीन अर्ब ८० करोड २० लाख पुर्‍याएको छ तर गरिमा विकास बैंक ५.६० प्रतिशत, महालक्ष्मी विकास बैंक १०.८९ प्रतिशत र सिन्धु विकास बैकको २६.४१ प्रतिशतले सेयर धितो कर्जा प्रवाह घटेको छ । त्यसैगरी फाइनान्स कम्पनीहरूको पनि सेयर धितो कर्जा ९.६८ प्रतिशतले घटेर तीन अर्ब ८२ करोड २९ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब २३ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । १५ फाइनान्समध्ये नौ कम्पनीको सेयर धितो कर्जा घटे पनि सर्वाधिक सेयर धितो कर्जा प्रवाह गर्नेमा आइसिएफसि फाइनान्स रहेको छ । उक्त कम्पनीको उक्त शीर्षकको कर्जा १४.६९ प्रतिशतले बढेर ४६ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने सेन्ट्रल फाइनान्सको सेयर धितो कर्जा एकसय ५१ प्रतिशतले बढेर १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।