एमाले महाधिवेशनः ६ घण्टामा खस्यो ६५० मत - kendrabindu.com
Source: kend
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ६ घण्टामा ६५० मत खसेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो । बिहान नौ बजेदेखि सुरु भएको मतदानमा ८० वटा मेसिन प्रयोग भइरहेको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन् । एक जनालाई मतदान गर्न कम्तिमा ३० मिनेट समय लाग्ने गरेको पाइएको छ । चुनाबी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्।