Redirecting...

टिकटकको कडाइ, ३ महिनामा हटायो नेपाली प्रयोगकर्ताका १८ लाख बढी भिडिओ - techpana.com

टिकटकको कडाइ, ३ महिनामा हटायो नेपाली प्रयोगकर्ताका १८ लाख बढी भिडिओ - techpana.com
Source: tcpn

काठमाडौँ । टिकटकले २०२५ को पहिलो त्रैमासमा नेपालबाट अपलोड भएका १८ लाख बढी भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।  कम्पनीका अनुसार सन् २०२५ को जनवरीदेखि मार्चसम्म नेपालमा मात्रै १८ लाख ७६ हजारभन्दा बढी भिडिओ हटाइएका छन् । नेपालमा हटाइएका मध्ये ९९.६ प्रतिशत भिडिओहरू टिकटकले स्वचालित प्रणालीमार्फत सक्रिय रूपमा पहिचान गरी हटाएको हो । तीमध्ये ९७.८ प्रतिशत भिडिओहरू अपलोड भएको २४ घण्टाभित्रै हटाइएको रिपोर्टमा उल्लेख छ । ...