एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने ओलीको तयारी, प्रतिवादमा ईश्वर पोखरेलसहितका नेताहरू - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव अघि सारेका छन्। बैठकमा अध्यक्ष ओलीले प्रत्यक्षरूपमा प्रस्ताव नराखी निकटस्थ नेतामार्फत विधान संशोधनको पक्षमा माहोल बनाइरहेको बताइएको छ । सिधै प्रस्ताव ल्याउँदा विरोध हुन सक्ने भन्दै ओली पक्षका नेताहरूले फ्लोरबाट विधान संशोधनको प्रस्ताव राखेका हुन्। सोही क्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटा, शेरबहादुर तामाङलगायत नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष रहन...