Redirecting...

श्रेष्ठ र भुसालबीच भेटवार्ता - nagariknews.nagariknetwork.com

श्रेष्ठ र भुसालबीच भेटवार्ता - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।उनीहरूबीच शुक्रबार (आज) दिउँसो श्रेष्ठ निवास हात्तीवनमा करिब एक घण्टा वार्ता भएको हो। श्रेष्ठ र भुसालबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।त्यसो त माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा पनि बेला बेला चल्ने गर्छ। त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि एकता हुन सक्ने बताउने गरेका छन्। पछिल्लो पटक पुन: दाहालले एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी भइरहेको बताएका थिए। यसपछि आज श्रेष्ठ र भुसालबीच छलफल भएको हो।यसअघि श्रेष्ठले बिहीबार (हिजो) नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसँग भेटवार्ता गरेका थिए।