Redirecting...

एनपीएल दोस्रो संस्करणमा के–के बने नयाँ रेकर्ड ? - bishwokhabar.com

एनपीएल दोस्रो संस्करणमा के–के बने नयाँ रेकर्ड ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेपाली क्रिकेटको सर्वाधिक ठूलो महोत्सव नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बन्यो । के के बने नयाँ रेकर्ड ?दोस्रो संस्करणमा ब्याटिङ र बलिङमा केही नयाँ रेकर्डहरु बने । यो संस्करणमा दुई टिमका दुई बलरले ह्याट्रिक गरे । लुम्बिनीका कप्तान पौडेल र काठमाण्डु गोर्खाजका साहब आलमले लगातार बलमा तीन विकेट लिन सफल भए । पौडेलले फाइनल म्याचमा ह्याट्रिक विकेट लिएर सनसनी मच्चाए । आलमले समूह चरणमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक सहित ६ विकेट लिए । उनी एनपीएलका एकै खेलमा सर्वाधिक विकेट लिने बलर बने । त्यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । एनपीएलमा ५०० रन कटाउने एकमात्रै नेपाली खेलाडी रोहित बने । एनपीएलको दुई सिजन सम्पन्न हुँदा उनले व्यक्तिगत ५०० रन कटाए । दुवै सिजनमा गरेर १७ खेलबाट ५५५ रन जोड्दै उनी एनपीएलमा सर्वाधिक व्यक्तिगत रनका धनी बन्नपुगे । उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन् । यसअघि चितवन राइनोजका विदेशी खेलाडी रवि बोपराले ५०० रन पूरा गरेका थिए । उनले १५ खेलमा ५२३ रन बनाएका छन् । विदेशी खेलाडीका नाममा तीन शतकदोस्रो सिजनसम्म एनपीएलमा तीनवटा शतक बनेका छन् । पहिलो संस्करणमा एक र दोस्रोमा दुई शतक भएको हो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका हुन् । दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन र कर्णाली याक्सका मार्क वाटले मात्रै शतक प्रहार गरे । रोसिङ्टनले कर्णाली याक्सविरुद्धको खेलमा ५५ बलमा शतक पूरा गरेका हुन् । ५८ बल खेलेका एडम १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । उनी इङ्गल्याण्डका हुन् । यस्तै, कर्णाली याक्समा अनुबन्ध स्कटल्याण्डका मार्क वाट दोस्रो संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी बने । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । यो एनपीएलको सर्वाधिक छिटो शतक पनि हो । ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले नौ विकेटले जित्यो । जसमा वाट ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । वाट सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत बनेका छन् । पहिलो संस्करणको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टोलीमा आवद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलमा शतक पूरा गरेका हुन् । उनी १०४ रनमा अविजित रहे । अर्धशतकमा पनि विदेशीकै दबदबायस सिजनमा ३६ अर्धशतक प्रहार भए । जसमा २९ खेलाडी सामेल छन् । २९ खेलाडीमध्ये नौ नेपाली खेलाडीले मात्रै अर्धशतक हिर्काउन सके । प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले दुई, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई–दुई अर्धशतक जोडेका छन् । यस्तै, सुदुरका इशान पाण्डे, विराटनगर किङ्सका लोकेश बम, बसिर अहमद, चितवनका अर्जुन साउँद, काठमाडौंका भीम सार्की, जनकपुरका अनिल शाह र आशिफ शेखले एकरएक अर्धशतक हिर्काए । विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन, पोखराका एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुईरदुई अर्धशतक हिर्काए । यसैगरी सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, विराटनगर किङ्सका साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकतले एकरएक अर्धशतक जोडे । छिटो अर्धशतकमा भीमको रेकर्डकाठमाडौँ गोर्खाजका भीम सार्कीले यो सिजनमा छिटो अर्धशतक हिर्काउने रेकर्ड राखे । सार्कीले पोखरा एभेन्जर्सविरूद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । त्यसो त विराटनगर किङ्सका फाफ डु प्लेसिस र सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडी हर्मित सिंहले पनि १९ बलमा अर्धशतक जोडेका थिए । गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । सर्वाधिक विकेट लिनेमा नेपाली बलर र रनकर्तामा विदेशीप्रतियोगिताभर सर्वाधिक विकेट लिने शीर्ष तीन बलरमा सबै नेपाली रहेका छन् । विराटनगरका कप्तान लामिछाने, सुदूरपश्चिमका बोहरा र लुम्बिनी लायन्सका मल्लले समान १७/१७ विकेट लिएका छन् । बलिङ इकोनोमीका हिसाबले सन्दीप पहिलो, अभिनाश दोस्रो र शेर तेस्रो नम्बरमा पुगेका हुन् । सर्वाधिक रनकर्ताको शीर्ष स्थान विदेशीले ओगट्दा त्यसपछि दोस्रो र तेस्रो नम्बरमा भने नेपाली ब्याटर छन् । पोखराका एडम रोसिङटन ३२३ रन बनाएर सबैभन्दा बढी रन बनाउनेको पहिलो नम्बरमा छन् । उनले सात खेलबाट एक शतक र दुई अर्धशतकको मद्दतमा ३२३ रन बनाए । दोस्रो नम्बरमा लुम्बिनीका कप्तान रोहित पौडेल छन् । उनले १० खेलबाट २७६ रन जोड्दै दोस्रो नम्बरमा पुगेका हुन् । तेस्रो नम्बरमा सुदूरपश्चिमका विनोद भण्डारीले नौ खेलबाट दुई अर्धशतकको मद्दतमा २६४ रन जोडे । कीर्तिमानी उच्च र खराब स्कोरमा विराटनगरएनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोलीमा विराटनगर किङ्स अगाडि छ । उसले जारी सिजनमा पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा पोखरा रहेको छ । पोखराले कर्णालीका विरुद्ध २०१ रन जोडेको थियो । यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा पनि विराटनगर नै रह्यो । सुदूरपश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । उसले सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड बनायो । सबैभन्दा बढी रनअन्तरले जित्ने सुदूरपश्चिमदोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ । सुदूरपश्चिम रोयल्सले विरानटनगर किङ्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो । दोस्रो ठूलो रनअन्तरको जित विरानगटर किङ्सको नाममा रहेको छ । विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाडौँको नाममा रह्यो । काठमाडौँले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जित सुदूरपश्चिम रोयल्सले हासिल गरेको थियो । सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो । एनपिएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमान बनायो । दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जित कर्णाली याक्सको नाममा रह्यो । कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो । एनपिएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जित पोखरा एभेन्जर्सको नाममा रहेको थियो । पोखराले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो । पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार बेहोर्ने टोली लुम्बिनी बन्यो । दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जित भने कर्णाली याक्सले हासिल गर्‍यो । कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो । प्रतियोगितामा पहिलो विकेटका लागि चितवनका अर्जुन साउँद र डेभिड मलानले जनकपुरविरुद्ध ११२ र दोस्रो विकेटका लागि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध १३२ रनको उच्च साझेदारीको रेकर्ड छ । यस्तै, यस सिजनमा सबैभन्दा बढी क्याच लिने खेलाडीमा विराटनगरका शमूएल डेली हेजलेट र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी रहे । दुवै खेलाडीले ११/११ क्याच समाते । यसका साथै सुदूरपश्चिमका विकेटविकर विनोद भण्डारी सात क्याच र तीन स्टाम्पिङ गरेर १० जनालाई आउट गराएका छन् । कर्णालीका मार्क वाटले प्रतियोगिताभर सबैभन्दा बढी २१ छक्का हिर्काए । सबैभन्दा बढीपटक शून्यमा अर्थात डकआउट हुनेमा सुदूरपश्चिमका जोश ब्राउन, लुम्बिनीका सुमित महर्जन, जनकपुरका आसिफ शेख, लुम्बिनीकै सन्दीप जोरा रहेका छन् । यी सबै खेलाडी तीनरतीन पटक डकआउट भएका खराब रेकर्ड छ । शेर मल्ल लगातार दोस्रोपटक ट्रफी उचाल्ने खेलाडी बने । गत संस्करणमा जनकपुरबाट खेलेर च्याम्पियन बनेका शेरले यसपटक लुम्बिनीबाट खेलेर उपाधि उचाले । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । लुम्बिनी च्याम्पियन बन्दा सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । विराटनगर तेस्रो र काठमाडौँले चौथो स्थानमा चित्त बुझायो । गत वर्षको विजेता जनकपुर एक खेलमात्रै जितेर पुछारमा रह्यो । चितवन दुई खेल जितेर सातौँ, समान दुई खेल जितेको कर्णाली याक्स छैटौँ, तीन खेल जितेको पोखरा पाँचौँ स्थानमा पुग्यो ।