Redirecting...

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवारको टुंगो - www.nepalclicks.com

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवारको टुंगो - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारी उम्मेदवारहरू टुंगो लगाएको छ। संस्थापन केपी शर्मा ओली समूहविरुद्ध अध्यक्षमा पोखरेल प्रतिस्पर्धा गर्दैछन्। यस्तै महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ। उपाध्यक्षहरूमा गोकर्ण विष्ट, विन्दा पाण्डे र परशुमेघी गुरुङले प्रतिस्पर्धा गर्नेछन्। यस्तै उपमहासचिवमा योगेश भट्टराई तथा सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ,विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिने गरी टुंगो लागेको हो। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार मतदान गर्ने कार्यक्रम रहेको छ। निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ। सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ। १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ।