Redirecting...

प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक - corporatekhabar.com

प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक - corporatekhabar.com
Source: cork

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो । माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेका कामकाजलगायत विषयमा सर्वपक्षीय छलफल गर्न लागेकी हुन् । छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन् । छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई समेत बोलाइएको छ । छलफलमा आयोग र सुरक्षा निकायको पनि सहभागिता रहने छ । The post प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.