भरतपुर महानगरपालिकाको निर्माणाधीन २२१ कोठाको भवन अन्तिम चरणमा - corporatesamachar.com
Source: copr
चितवन । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा हाल महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।