Redirecting...

मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने - nagariknews.nagariknetwork.com

मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने - nagariknews.nagariknetwork.com
Source: ngrk

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई आग्रह गरिसकेका छन्।नेकपा (एमाले) को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ । मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।