Redirecting...

दशैँको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल - www.pardafas.com

दशैँको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल - www.pardafas.com
Source: pfds

हिन्दुहरूको महान पर्व विजया दशमी (बडा दशैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल शुरु भएको छ। सिंहदरबारसहित देशका सरकारी कार्यालयहरूमा चहलपहल शुरु भएको हो। यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो। त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैँको टीका लगाउने गरिन्छ। फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो। अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा कर्मचारीहरूको चहलपहल शुरु भएको हो। सिंहदरबारमा पनि कर्मचारीहरू आएर आफ्नो काम शुरु गरिसकेका छन्। दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ।