एमाले जनताको मन-मुटुमा बसेको छ : अध्यक्ष ओली - farakdhar.com
Source: FRDH
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्य प्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११ औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघि बढिरहेको बताए । अध्यक्ष ओलीले भने, ‘हामी सपना त देख्छौँ तर सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाड्दैनौँ । प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तर उन्नतिका लागि भएका कामहरूले यस...