पूर्वअर्थमन्त्री पौडेलले आफ्नो नियमित चुनावी क्षेत्र छोडे,पाल्पा २ बाट उठ्ने - taksarnews.com
Source: tsar
काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफ्नो नियमित चुनावी क्षेत्र रुपन्देही-२ छोडेका छन् । नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष पौडेल पाल्पा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने टुङ्गाएको छ । पौडेल २०७९ को प्रतिनिधि सभा चुनावमा कडा टक्करको सामना गरेका थिए । पौडेल पाल्पा क्षेत्र नम्बर २ गएपछि ठाकुर गैरेको टिकट खोसिएको छ ।