Redirecting...

डलर सञ्चिती बढेर पुग्यो २१ करोड ५२ लाख, साढे १७ महिनाको आयात धान्ने - www.nepalclicks.com

डलर सञ्चिती बढेर पुग्यो २१ करोड ५२ लाख, साढे १७ महिनाको आयात धान्ने - www.nepalclicks.com
Source: nplk

काठमाडौं। चालू आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिती १४.१ प्रतिशत बढेको छ। गत कात्तिकसम्म विदेशी विनिमय सञ्चिती बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड कूल विदेशी विनिमय सञ्चिति थियो। अमेरिकी डलरमा सञ्चिती १०.३ प्रतिशत वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ। यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो। कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशत बढेर २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशत वद्धि भई तीन खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ। २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले न्यूनतम् सात महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चित गर्ने जानकारी दिएको थियो।