गजल : बाको थाप्लोमा ऋण छ - sahityapost.com
Source: shpt
बाको थाप्लोमा ऋण छ, मुटुमा जिम्मेवारीको भारी छमेरो सफलता कुरेर बस्ने, सिङ्गो परिवार मनकारी छ । सहरको यो साँघुरो कोठा, अनि लोकसेवाको किताबसाँझ–बिहान टार्नै पर्ने, बन्दकीमा खेतको बारी छ । पकेट खर्चले फारम भर्नु कि, चामलको बोरा किन्नु ?मध्यम वर्गको सङ्घर्ष यो, कति कठिन तयारी छ । छिमेकीले सोध्छन् सधैँ, “के गर्दै छ तिम्रो छोरो ?”मन सम्हाली भन्नै पर्ने, सपनाकै यात्रा जारी छ । न सफलता हात पारियो, न त ढुक्कले निदाउन पाइयोआशै आशाको भुमरीमा, जिन्दगी यो पारी–पारी छ ।