प्रदेश सरकारको अस्थिरता : सत्ताको खिचातानी कि प्रणालीको विफलता ? - farakdhar.com
Source: FRDH
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अन्ततः आइतबार पदबाट राजीनामा दिए । पद जोगाउन ठूलो प्रयासका बाबजुद उनले राजीनामा दिएका हुन् । लामाको राजीनामा केवल साधारण नेतृत्व परिवर्तन मात्र होइन, यो संघीय लोकतन्त्रमा गहिरिँदै गएको अस्थिरताको संकेत पनि हो । खासगरी जब आफ्नै पार्टीभित्रको प्रतिस्पर्धा मुख्यमन्त्रीजस्तो संवैधानिक पद हटाउने खेलमा परिणत हुन्छ, त्यसले मुलुकको संघीय अभ्यासलाई थप कठिन बनाउने खतरा निम्त्याउँछ । लामाले संवैधानिकरूपमा अझै पदमा बस्न सक्ने स्थिति हुँदाहुँदै राजीनामा दिनु परेको हो भने त्यसको अर्थ के हो...