झापा-२ मा चुनावी रौनक : कसको पकड कति ? - farakdhar.com
Source: FRDH
केही दिन अघिसम्म को कहाँबाट उठ्लान् भन्ने चासो थियो, अब कसले जित्लान् भन्ने चासो छ । ठाउँ-ठाउँमा पुराना ‘हेभिवेट’ लाई नयाँले चुनौती दिने पक्का भइरहँदा झापा भने सिंगो जिल्ला नै चुनावी ‘इपिसेन्टर’ बनेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रस्तावित प्रधानमन्त्री बालेन शाह बीच हुने भिडन्तले झापा–५ लाई राष्ट्रिय बहसको केन्द्र नै बनाउँदा, झापाकै क्षेत्र नम्बर–२ मा पनि चुनावी भिड्न्त कम रोचक हुने देखिँदैन । प्रतिनिधिसभामा तीन वर्ष सहकार्य गरेका दुई पूर्वसहकर्म...