Redirecting...

मधेश प्रदेश सरकार गठन गर्न २ बजे दाबी पेश गर्दै सात दल - farakdhar.com

मधेश प्रदेश सरकार गठन गर्न २ बजे दाबी पेश गर्दै सात दल - farakdhar.com
Source: FRDH

मधेश प्रदेश सरकार गठनका लागि सात राजनीतिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवं पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । ‘मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौँ ।’ उनले भने । सात राजनीतिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ...