Redirecting...

११ पटक म्याद थप्दा समेत गल्छी-मैलुङ सडक अधुरै, घरटहरा हटाउनै मुस्किल - www.meroauto.com

११ पटक म्याद थप्दा समेत गल्छी-मैलुङ सडक अधुरै, घरटहरा हटाउनै मुस्किल - www.meroauto.com
Source: meau

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी गत असार २४ गतेदेखि ठप्प छ । ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र सडक बगाएपछि दुई देश बीचको व्यापार ठप्प भएको हो । बाढीले बगाएको रसुवागढी-स्याफ्रुबेँसी खण्डको करिब १२०० मिटर सडक मर्मत गरी यसैसातादेखि एकतर्फी संचालनमा ल्याइएको छ । तर, पुल नहुँदा रसुवागढी नाकाबाट हुने व्यापार सुरू हुन सकेको छैन । अझै दुई देश बीचको व्यापार कहिलेदेखि सुरू हुन्छ भन्ने टुंगो छैन । यद्यपि, नेपाल सरकारको आग्रहपछि चीनले ल्हेन्दे खोलामा अस्थायी पुल (बेलीब्रिज) निर्माण थालेको छ । नेपालस्थित चिनियाँ दूतावासले बाढीले बगाएको पुलको स्थानमा बेलिब्रिज जडानको काम सुरू गरिएको जानकारी गराएको छ । तर, कहिलेसम्म सम्पन्न भइसक्छ भन्ने जानकारी गराइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षले कहिलेसम्म पुल जडान भइसक्छ भन्ने औपचारिक जानकारी नगराएको बताए । यद्यपि, अनौपचारिक रुपमा भने भदौ भित्रै पुल बनाइदिसक्ने बताएको उनले जानकारी दिए । ‘नेपाल सरकारको आग्रह अनुसार चीनले रसुवागढी नाकामा पुल बनाइदिने प्रतिबद्धता जनाएको छ । सोही अनुसार पुल निर्माणको काम थालिएको भन्ने जानकारी आएको छ । अहिले बाढीले थुपारेको गेग्राङहरू हटाउने काम भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘पुल कहिलेसम्म निर्माण भइसक्छ भन्ने औपचारिक जानकारी गराएका छैनन् । तर, अनौपचारिक रुपमा भदौ भित्रै निर्माण सम्पन्न भइसक्ने बताएका छन् ।’ अहिले पनि खोलाको वहाब उच्च नै रहेको उनले बताए । पुल नबनेसम्म दुई देश बीचको व्यापार सुचारु हुन नसक्ने उनको भनाइ छ । चिनियँँ पक्षले पुल जडानका लागि आवश्यक क्रेन, एस्काभेटर लगायत उपकरण भने ल्याइसकेका छन् भने बेलीब्रिजको सामानहरू ओसारी रहेको छन् । सबै सामान जुटेपछि बेलिब्रिज जडान गर्न १५ दिनदेखि १ महिनासम्म लाग्न सक्ने सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल नहुँदा नेपालबाट सामान लिन गएका ५०० बढी कन्टेनर अहिले केरुङमै रोकिएका छन् । दुई साता अघि चिनियाँ राजदूत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल बीच भएको भेटवार्तामा चीनले पुल बनाइदिने प्रतिबद्धता जनाएको थियो । त्यस्तै, साउन ५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको बीच भएको भेटवार्तामा चिनियाँ पक्षले बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो । हाल नेपाल र चीन बीच १४ नाकाबाट व्यापार हुँदै आएको छ । दुई देश बीच वार्षिक ३ खर्ब रुपैयाँ बराबरको व्यापार हुन्छ । सोमध्ये रसुवागढीबाट मात्रै करिब २ खर्बकोे व्यापार हुन्छ । रसुवागढीबाट मुख्य गरी विद्युतीय सवारी साधन, फलफूल, लसुन, ओखर, लत्ताकपडा लगायत सामान आयात हुन्छ । रसुवागढी नाका बन्द भएपछि अहिले व्यवसायीले तातोपानी नाका हुँदै सामान आयात गरिरहेका छन् । The post चीनले कहिले बनाइसक्छ रसुवागढीमा बेलीब्रिज ? appeared first on Meroauto.