Redirecting...

रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान, कस्ताे छ निर्वाचन तालिका ? - www.sutranews.com

रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान, कस्ताे छ निर्वाचन तालिका ? - www.sutranews.com
Source: sutr

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको हो । सार्वजनिक सूचनाअनुसार उपनिर्वाचनमा सहभागी हुन चाहने दलहरुले यही साउन २१ देखि २७ गतेसम्म कान्तिपथस्थित आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिनुपर्नेछ । ‘२०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०८२ साल साउन २१ गतेदेखि संवत् २०८२ साल साउन २७ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँमा दल दर्ताका लागि निवेदन दिनका लागि देहाय बमोजिमको सूचना जारी गरिएको छ,’ आयोगको सूचनामा उल्लेख छ । सो निर्वाचनका लागि आयोगले यसअघि नै निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । जसअनुसार आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता, सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन, असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । रुपन्देही क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएकाले सो क्षेत्रमा जनप्रतिनिधि रिक्त रहेको हो । रिक्त पदपूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।