मारुती सुजुकी ईभी युगमा प्रवेश, ई–भिटारा अर्को वर्ष, नेपालमा कहिले? - www.nepalclicks.com
एजेन्सी: भारतको प्रमुख गाडी उत्पादक मारुति सुजुकी इन्डिया लिमिटेडले इलेक्ट्रिक भेहिकल(ईभी) उत्पादन थाल्ने भएको छ। अटो कम्पनी मारुतीले देशको समग्र ईभी इकोसिस्टमलाई सुदृढ पार्ने एक भागको रूपमा आगामी केही वर्ष ब्याट्री उत्पादन र अन्य महत्वपूर्ण कम्पोनेन्टहरूलाई स्थानीयकरण गर्ने योजना बनाएको छ। अर्को वर्ष घरेलु बजारमा आफ्नो पहिलो विद्युतीय सवारी साधन ई–भिटारा सार्वजनिक गर्ने योजना बनाएको छ। मारुतीले ईभी इकोसिस्टमलाई बलियो बनाउने उद्देश्यले ग्राहकहरुको विश्वास जगाउने प्रयास गरिरहेको छ। ‘अहिले हामी ब्याट्रीहरू आयात गर्दैछौं। हामीसँग स्थानीयकरणको योजना छ। आगामी केही वर्षहरूमा चरणबद्ध रूपमा यो धेरै हदसम्म सम्भव छ,’ मारुति सुजुकी इन्डियाका वरिष्ठ कार्यकारी अधिकृत (मार्केटिङ तथा बिक्री) पार्थो बनर्जीले पत्रकारहरूलाई भने। उनले भारतमा विद्युतीय सवारी साधनको पहुँच तब मात्र बढ्नेछ जब उपभोक्ताले यसलाई घरपरिवारमा प्राथमिक कारको रूपमा किन्न आत्मविश्वास पाउनेछन्।। “हामी विश्वास गर्छौ ग्राहक इभीका बारेमा विश्वस्त छैनन्। ‘सुरुमा लन्च गरिएका उत्पादनहरू र त्यसबाट प्राप्त अनुभवहरूले ड्राइभिङ दायराको बारेमा मानिसहरूको दिमागमा ठूलो मात्रामा नकारात्मकता सिर्जना गरेको छ,’ उनले थपे। ईभी सवारी साधन किन्ने ग्राहकहरूमध्ये धेरैले यसलाई दोस्रो सवारी साधनको रूपमा प्रयोग गर्ने उनको भनाई छ। ‘यो प्राथमिक कार होइन। सार्वजनिक पूर्वाधार नभएकोले, खरिदकर्ताले जोखिम लिन चाहँदैन। त्यसैले यदि उसले आफ्नो पहिलो गाडी किन्न चाहन्छ भने, ईभीमा होइन, आईसीई वा अन्य कुनै सवारी साधनमा हुनेछ,’ बनर्जीले भने। आगामी २०३० सम्ममा मारुति सुजुकीले आफ्नो समग्र उत्पादन पोर्टफोलियोमा पाँचवटा ईभी मोडेलहरू राख्ने योजना बनाएको छ। त्यतिबेलासम्म उद्योग लगभग ५५ देखि ६० लाख गाडी बजारमा जाने अनुमान छ। ईभी प्रवेशपछि लगभग १३ देखि १५ प्रतिशत बजार हिस्सा हुने दाबी मारुतीले गरेको छ। ‘यो जीएसटी २.० भन्दा पहिलेको कुरा हो। त्यसैले, अब हामीले बजारको पुनर्मूल्यांकन गर्नुपर्छ किनकि जीएसटी २.० पछि ईभीको प्रवेश घट्दै गएको रिपोर्टहरू छन्। यो गर्न उपयुक्त समय अर्को आर्थिक वर्ष हुनेछ,’ बनर्जीले भने। उनले सार्वजनिक चार्जिङ पूर्वाधारको अपर्याप्तता र बिक्री पछिको सेवा र पुनर्बिक्रय मूल्यमा चुनौतीहरूलाई देशमा ईभी अपनाउने सबैभन्दा ठूलो चुनौती देखिएको बताए। ‘हामी ग्राहकहरूले इभी गाडी खरिद गर्नुअघि उनीहरूमा विश्वास जगाउने प्रयास गरिरहेका छौं। यदि खरिदकर्ता सम्पूर्ण इकोसिस्टमको बारेमा विश्वस्त छैन भने उसले ईभी गाडी किन्ने छैन,’ बनर्जीले भने। अटोमेकर मारुती सुजुकीले भारतभरी ११ सय शहरहरूमा १५ सय ईभी सक्षम कार्यशालाहरू राख्ने भएको छ। यसले पहिले नै दुई हजार चार्जिङ पोइन्टहरू स्थापना गरिसकेको छ। ‘पहिले उत्पादनहरू राम्रो बनाउनु पर्छ, बिक्री पछिको राम्रो सेवा दिनुपर्छ र राम्रो इकोसिस्टम सिर्जना गर्नुपर्छ” उनले भने “यसले ग्राहकलाई राम्रो विश्वास दिन्छ,’ अटो प्रमुखले यस क्षेत्रमा नेतृत्व प्राप्त गर्ने लक्ष्य राख्दै बडीस्टाइलहरूमा धेरै विद्युतीय मोडेलहरू चलाउने र देशभर चार्जिङ पूर्वाधार स्थापना गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्ना डिलर साझेदारहरू र चार्जिङ पोइन्ट अपरेटरहरूसँग साझेदारीमा २०३० सम्ममा लगभग एक लाख चार्जिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ। मारुती सुजुकीको नेपालमा राम्रो बजार हिस्सा रहेको छ। पछिल्लो समयमा नेपालमा ईभीको दबदबा बढेको छ। जसले गर्दा आईसीई गाडीको बिक्रीमा भारी गिरावट आएपछि मारुतीलाई पनि ईभीमा जान दबाब बढेको छ। नेपालमा बिक्री हुने ७० प्रतिशत बढी गाडी ईभी रहेको छ। (द इकोनोमिक टाइम्सको सहयोगमा)