जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ - www.nepaliheadline.com
Source: nplh
इलाम- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।