Redirecting...

रिलायन्स फाइनान्सको खुद नाफा १६ करोड ऋणात्मक - bankingsamachar.com

रिलायन्स फाइनान्सको खुद नाफा १६ करोड ऋणात्मक - bankingsamachar.com
Source: bkns

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । जबकि गत आर्थिक वर्षको यस अवधिसम्ममा समेत कम्पनीको खुद नाफा ५ करोड ७५ लाख रुपैयाँले ऋणात्मक थियो । यता, कम्पनीको नाफा ऋणात्मक भए पनि खुद ब्याज आम्दानी भने करिब ३ करोड रुपैयाँले बढेको छ । गत वर्ष कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष ६ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने (इपीएस) यस वर्ष ५८ रुपैयाँ ७९ पैसाले ॠणात्मक रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको इपीएस ३८ रुपैयाँ २६ पैसाले ॠणात्मक देखिएको हो ।