Redirecting...

माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न - swadeshpost.com

माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न - swadeshpost.com
Source: swdp

२६ मंसिर, माडी । नगर क्षेत्रका चाडपर्व, धार्मिक तथा सांस्कृतिक सम्पदा र अन्य अभौतिक तत्वहरुको संरक्षण र विकासका निम्ति माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा नेवारी, तामाङ, चेपाङ, थारु, गुरुङ, बोटे, गन्धर्व, मधेशी लगायतका समुदायमा मनाइने प्रमुख चाड र मुख्य रितीरिवाजबारे जानकारी गराइएको थियो । कार्यक्रमका सहभागीहरुले स्थानीय मौलिक कला संस्कृतिहरु, अभौतिक सम्पदाहरुको सूचिकरण, संरक्षण र सम्वर्द्धन तथा माडीमा लाग्ने ऐतिहासिक, धार्मिक, साँस्कृतिक मेला महोत्सवहरुको व्यवस्थापन सम्बन्धमा प्रतिनिधिगत रुपमा विचार व्यक्त गरेका थिए । त्यस्तै, विभिन्न पर्व र दिनमा लाग्ने मेलाहरुको व्यवस्थापन सम्बन्धमा पनि छलफल भएको थियो ।