Redirecting...

दमौली कारागारबाट भागेका १९२ कैदीबन्दी पक्राउ, १३५​ जना सम्पर्कबाहिर - www.onlinepana.com

दमौली कारागारबाट भागेका १९२ कैदीबन्दी पक्राउ, १३५​ जना सम्पर्कबाहिर - www.onlinepana.com
Source: onpa

तनहुँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए । लमजुङ कारागारबाट छ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । The post दमौली कारागारबाट भागेका १९२ कैदीबन्दी पक्राउ, १३५​ जना सम्पर्कबाहिर appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).