एन्फा प्रेसिडेन्ट लिग – दुबै टोलीको उपाधि जित्ने दाबी - www.hamrokhelkud.com
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिग-२०२५ को उपाधिको छिनोफानो मंगलवार हुँदैछ। हेटौंडाको गौरीटार रंगशालामा हुने फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्ने छन्। दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मकवानपुर गढीमा आज भएको प्रि-म्याच कन्फ्रेन्समा दुबै टोली प्रशिक्षक र कप्तानले उपाधि जित्ने आशा व्यक्त गरे। लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले यसअघि पनि चित्लाङसँग भेट भएर जितेको र फेरि जित्ने बताए। चित्लाङले फाइनलमा गर्ने रणनीतिबारे आफूहरुलाई थाहा हुने भन्दै त्यही अनुसार तयारी भइरहेको बताए। उनले भने खेलाडी मानसिक रुपमट सकारात्मक रहेको बताए। टोलीमा सिनियर र जुनियर खेलाडीको तालमेल पनि मिलिरहेको जनाउँदै अपराजित रहँदै उपाधि लक्ष्य रहेको सुनाए। लालीगुराँसका कप्तान यम बहादुर श्रेष्ठले टोली बलियो रहेको र उपाधि जित्ने दाबी गरे। त्यस्तै चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठलेलिगको लागि छनोट भएपनि अब उपाधि जित्ने गरि मैदान उत्रने बताए। लालीगुराँसलाई कमजोर टोली नठानेको उल्लेख गर्दै श्रेष्ठले बदला लिने मौका रहेको र उपाधि जित्ने दाबी गरे। टोलीमा अनुभवी खेलाडी रहेकाले पनि फाइनल जित्न सक्ने उनको विश्वास देखिन्थ्यो। चित्लाङका कप्तान कुलदिप कार्कीले मिहेनतले फाइनलमा पुगेको र फाइनलमा थप मिहेनत गर्ने बताए। समूह चरणमा कात्तिक २५ लालीगुराँसले चित्लाङलाई ३-० गोलले हराएको थियो । समूह `ए´बाट लालीगुराँस विजेता र चित्लाङ उपविजेताका सेमिफाइनल पुगेका थिए। फाइनल मंगलवार दिउँसो २ बजे सुरु हुने। विजेता टोली उपाधिसहित १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।The post एन्फा प्रेसिडेन्ट लिग – दुबै टोलीको उपाधि जित्ने दाबी first appeared on हाम्रो खेलकुद.