Redirecting...

हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी - corporatekhabar.com

हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी - corporatekhabar.com
Source: cork

काठमाडौं । इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक रूपमा राएद सईदको मृत्युको पुष्टि गरेको छैन । राएद हमास अल–कासिम ब्रिगेडका प्रमुख कमाण्डर थिए । अल जजीराका अनुसार, सईदले हमासको हतियार उत्पादन नेटवर्कको नेतृत्व गर्थे र अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको षड्यन्त्रमा संलग्न थिए ।हमासले भने राएद गाजा शहर बटालियनका पूर्व प्रमुख भएको बताएको छ । इजरायलले युद्धविरामको बावजुद सईदले हमासको क्षमतालाई पुन: बलियो बनाउन र हतियार निर्माण गर्न काम गरिरहेको आरोप लगाएको छ, जुन सम्झौताको उल्लङ्घन हो । हमासले इजरायली सैनिकमाथि आक्रमण गरेपछि यो आक्रमण भएको हो । आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पछि सईदलाई लक्षित गर्ने आदेश दिएका थिए ।इजरायल डिफेन्स फोर्सेसले सईद गाजा शहरको पश्चिमी भागमा यात्रा गरिरहेको वास्तविक समयको गुप्तचर सूचना प्राप्त भएपछि उनीमाथि आक्रमण गरेको बताएको छ । अरब गुप्तचर अधिकारीहरूका अनुसार, रईद विगत दुई वर्षदेखि गाजा शहर मुनि रहेको हमासको सुरुङमा लुकेर बसेका थिए । हमासले इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ। अर्कोतर्फ, हमासले सईदको मृत्युको पुष्टि गरेको छैन । संगठनले गाजा शहरको पश्चिममा रहेको नाबुलसी जंक्शन नजिकै एक इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, आक्रमणमा पाँच जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन् । The post हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.