शान्ति मिसनमा नेपालको गौरवपूर्ण यात्रा - farakdhar.com
Source: FRDH
नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना अभियानमा सहभागी भएर विश्वव्यापी शान्ति र सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको छ । सानो भू–भाग र सीमित स्रोतसाधन हुँदाहुँदै पनि नेपालले विभिन्न संयुक्त राष्ट्रसंघीय मिसनहरूमा निरन्तर र प्रभावकारी भूमिका खेल्दै आएको छ । जसका कारण, नेपाल आज संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा एक पुरानो, भरोसायोग्य र अग्रणी सहयोगी राष्ट्रका रूपमा स्थापित भइसकेको छ । नेपाल संयुक्त राष्ट्रसंघिय शान्ति मिसनमा सन् १९५८ देखी नै सहभागी हुँदै आइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति नि...