Redirecting...

उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त - mahendranagarpost.com

उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त - mahendranagarpost.com
Source: madn

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै बाढीले ठूलो क्षति पुर्‍याएको खबरले आफू चिन्तित भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु।’ बाढीमा १७ भन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूको उद्दारका लागि भारतस्थित नेपाली दूतावासमार्फत तत्काल कुटनीतिक छलफल सुरु गरिएको जानकारी दिएका छन् । बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन् । सरकारले भारतसँग समन्वय गर्दै नेपाली नागरिकको उद्दार र सुरक्षा प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । The post उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त appeared first on MahendranagarPost.