Redirecting...

काँग्रेस सभापतिमा गगन थापा निर्विरोध ! - arthasarokar.com

काँग्रेस सभापतिमा गगन थापा निर्विरोध ! - arthasarokar.com
Source: aths

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगन थापाले उम्मेदवारी दिएका छन् । थापाले दोस्रो विशेष महाधिवेशनमा पार्टीको सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार काँग्रेस सभापतिका लागि थापा एक्लैले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि अरुको मनोनयन दर्ता नभएकाले विशेष महाधिवेशनबाट सभापतिमा थापा निर्विरोध निर्वाचित हुने पार्टीका एक नेताले बताएका छन् । यता अन्य सबै पदाधिकारीका लागि मनोनयन दर्ता भइसकेको छ । यसअघि सहमतिका लागि पार्टी सभापति शेरबहादुर देउवासँग वार्ता भए पनि वार्ता सफल नभएको महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बताएका छन् ।