Redirecting...

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा हो : प्रधानमन्त्री - www.pardafas.com

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा हो : प्रधानमन्त्री - www.pardafas.com
Source: pfds

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गरेका छन् । शनिवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा त्रिभुवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको बताए । त्यसअघि आधिकारिक रूपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको बताए । तराई, मधेसमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भएपनि बडिबिल्डिङ र कुस्ती एउटै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस्तै नेपालमा पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ रहेको पनि बताए । गंगालाल श्रेष्ठले वि.सं. १९९५ सालमा पहिलो मानव अधिकारसम्बन्धी भाषण गरेको बताए । त्यस्तै १९९७ सालमा गंगालालले नै इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गरेको बताए । प्रधानमन्त्री ओलीले भने ‘मैले भनिरहन पर्दैन, बडिबिल्डिङ, बडिबिल्डर्सहरुको विद्याको शिक्षाको, राजा त्रिभुवनलाई सिकाउने गुरु धर्मभक्त माथेमा पहिलो बडिबिल्डर्स हो नेपालको । नेपालको इतिहासमा अर्को बडिबिल्डर्स पाइँदैन । उहाँ नै पहिलो बडिबिल्डर्स हो । कुस्तीबाज त तराईमा प्रचलन थियो । तर दरबारमा पहिलो बडिबिल्डर्सको रूपमा उहाँ हुनुहुन्थ्यो । कुस्ती र बडिबिल्डर्स एउटै होइन । पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल हुनुहुन्थ्यो । पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्ने गंगालाल हुनुहुन्थ्यो । १९९५ सालमा । १९९७ सालमा खुला राजनीतिक भाषण कोणसभा भन्छौँ हामी त्यो सभाको रूपमा मंसिर १३ गते इन्द्रचोकमा राजनीतिक भाषण गर्नुभयो ।’ प्रधानमन्त्री ओलीले गंगालालले ०९७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने भाषण गरेपछि भूमिगत हुनुभएको बताए ।