Redirecting...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इकाई प्रमुखमाथि साढे २ करोड बढीको भ्रष्टाचार मुद्दा  - bankingsamachar.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इकाई प्रमुखमाथि साढे २ करोड बढीको भ्रष्टाचार मुद्दा  - bankingsamachar.com
Source: bkns

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत बिनेश मुनंकर्मी माथि आरोप पत्र दायर गरेको छ। मुनंकर्मीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार ले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार उनी र उनको परिवारका सदस्यहरूले पारिश्रमिक र तलब बचत, जग्गा बिक्री, ऋण तथा सापटी, शेयर बिक्री, लाभांश तथा मुनाफा, बीमा परिपक्वर समर्पण, दैनिक भ्रमण भत्ता बचत, पुरस्कार, कार्यालयबाट प्राप्त बोनस, प्रोत्साहन भत्ता बचत, ब्याज आय, आमाबाबुको सामाजिक सुरक्षा भत्ता बचत तथा बैना आयसमेत गरी जम्मा ३ करोड ७३ लाख वैधानिक आय आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, मोटरसाइकल खरिद, सुनका गरगहना, बीमा प्रिमियम, अध्ययन शुल्क, ऋण सापटी भुक्तानी, व्यवसाय र कम्पनीमा लगानी, मुद्दती खातामा जम्मा, नगद मौज्दात, विभिन्न बैंक तथा सहकारी खातामा रहेको रकम, सवारी साधन नवीकरण शुल्क तथा अमेरिकी डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गरिएको रकमसमेत गरी ६ करोड ८४ लाख खर्च भएको पाइएको छ।यसरी कुल आयभन्दा कुल व्यय दुई करोड पचास लाख बढी देखिएको अख्तियारले जनाएको छ। अनुसन्धानबाट सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पूर्ण केशरी गोसाईको नाममा समेत सम्पत्ति खरिद गरेको देखिएकाले मुनंकर्मी तथा निजकी श्रीमती पूर्ण केशरी गोसाईविरुद्ध देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।