कैलाली कारागारमा व्यापक झडप, एक जनाको मृत्यु ४७ जना घाइते - farakdhar.com
Source: FRDH
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका स्थित कारागारमा रहेका कैदी बन्दीहरू बीचझडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार झडपका क्रममा कैदी बन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरू सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनले भने,‘हिजो राति कैदी बन्दी बीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका क...