Redirecting...

कविता : पुष, किन फास फुस ? - ehimalayatimes.com

कविता : पुष, किन फास फुस ? - ehimalayatimes.com
Source: hmlt

राजीव श्रेष्ठ तुवाँलो, तुषारो र टिठलाग्दोदिन बोकेर आउँछ पुषको महिनापुष सुरु हुने बितिकै बुधापाका भन्न थाल्छन् पुष-फासफुसहुन पनि,हेर्दा हेर्दै पुष फुस्स लागेर बितिजान्छवर्षभरिकै सुष्त र स्यानो दिन छुस्स गैहाल्छझट्टै दिन ढलकन्छ, साझँ झुल्किन्छभुराहरू हतार हतारस्कुलबाट घरतिर सवार,अनि, तन्नेरि, वयस्क, अधवैसेंसबैलाई आ-आफ्नो धन्दा सकीघरै पुग्नको लछार पछार !असहाय, निमुखा तथा गरिबका माझकाल बनेर चियाउँछ पुषबाक्लो हुस्सु चिरेर धर्ती धाउनसूर्य नारायणलाई समेत पर्छ सकस्हिमालपारिबाट चलेकोमुटु छेडने सिरेटोहिउँका डल्ला जस्तैठिराउने पानीपुषका अमीट छाप हुन्कुहिरोले छपक्क छोपेको बिहानीउराठ्लाग्दो फुस्रो छोटो दिन अनिश्मसानजस्तो कहालीलाग्दो रातपुषका समय यतिकै ननिको लाग्छरूखपात, वन-जगँल, डाडाँकाँडासम्पूर्णलाई नाँगेझार तुल्याएरचरा–चुरुगीं, जीवजन्तु र किट्पतगँसमेतलाई बेपत्ता विरानो बनाएरचेतनशील मान्छेलाई शुद्द सुशुप्त पारिदिन्छकुनै काम बन्दैन्, कहीं साइत जुर्दैन्यो पुषको न्यास्रो दिनमाकेवल, सुकेको हागाँमाथि बसेको कौवाको काँ-काँ हौवामात्र सुमिन्छवर्षभरिकै विरक्तिलो दिनसाथमा लिएर आउने पुषको मासखासखुस गर्दै स्वातसुत्त गुज्रिहाल्छत्यसैले पो भन्दा रहेछन बुढाखाडाःपुष फासफुस ।।