Redirecting...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट - www.nepaliheadline.com

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- धनुषा जनकपुरधाम उपमहानगरपालिका-३ देवान पोखरीस्थित विश्वनाथ प्रसाद साहले संचालन गरेको श्री कृष्ण डिस्पोजल उद्योगमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ शिवालय टोलस्थित पाल्पा बगनासकाली गाउँपालिका-९ बस्ने ३२ वर्षीय खुमान्नद बस्यालले संचालन गरेको यामाहा सोरूममा विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । कालिकोट तिलागुफा नगरपालिका-१ भिग्म बस्ने कमल बुढाको घर नजिकै रहेको टौवामा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उदयपुर लिम्चुङबुङ गाउँपालिका-४ बलम्ता मान्तुङ बस्ने सरोज भन्ने डाक बहादुर राईको घर र गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा सुवर्ण गाउँपालिका-१ बगही टोल बस्ने नथुनी मुखियाको गोठमा गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।