Redirecting...

कपालबाट बनेको मन्जन दलेर 'खिइएको दाँत बलियो बनाउन सकिने' - www.bbc.com

कपालबाट बनेको मन्जन दलेर 'खिइएको दाँत बलियो बनाउन सकिने' - www.bbc.com
Source: bbcn

King’s College London डा शेरिफ एल्शार्कावी यो प्रविधि दुई वर्षभित्रै उपलब्ध हुन सक्ने ठान्छन् मानिसको कपालबाट बनेको मन्जनले बिग्रेका दाँतलाई फाइदा पुग्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। किङ्स कजेल लन्डन (केसीएल)का वैज्ञानिकहरूका अनुसार कपाल, छाला र ऊनमा पाइने 'केरटिन' नामक प्रोटीनले दाँतको बाह्य तह 'इन्यामल' मा क्षति पुगेको भए छ भने त्यसलाई मर्मत गर्न र दाँत मक्किन थालेको छ भने त्यसलाई रोक्न सक्छ।केरटिनले दाँतबाहिर सुरक्षात्मक पत्र बनाउने र थुकमा हुने खनिज पदार्थको संसर्गमा आएपछि त्यो पत्रले इन्यामलको जस्तो रूप र गुण देखाउने अनुसन्धानले देखाएको छ। तपाईँलाई मन पर्ने पेय पदार्थले कतै तपाईँको दाँत बिगारिरहेको त छैन? सास गन्हाउनुका कारण र यसको समाधानका ७ सरल उपाय "केरटिनले दाँतको विद्यमान उपचारविधिमा रूपान्तरणकारी विकल्प प्रदान गरेको छ," यो शोधपत्रकी लेखिका तथा केसीएलमा विद्यावारिधि गर्दै गरेकी सेरा ग्यामियाले भनिन्। "प्राकृतिक प्रक्रियाहरूको अनुकरण गर्ने पर्यावरणअनुकूल जैविक पदार्थ प्रदान गर्दै यो विधिले जीवविज्ञान र दन्तचिकित्साबीचको दूरी घटाइदिन्छ।""कपाल र छालाजस्ता जैविक पदार्थबाट दीर्घकालीन रूपमा आउने मात्र नभई यसले अहिले प्रयोग गरिँदै आएका 'प्लास्टिक रेजिन'को आवश्यकता पनि हटाइदिन्छ," उनले भनिन्। अहिले बिग्रिएको दाँत बनाउने विधिमा प्लास्टिक रेजिनको प्रयोग हुँदै आएको छ। उनका अनुसार उक्त पदार्थ हानिकारक हुनुका साथै त्यति टिकाउ पनि हुँदैन। King’s College London अमिलो खानेकुरा र पेयपदार्थका कारण दाँत खिइने र मक्किने हुन सक्छ हजारौँ वर्ष पुरानो दाँतमा मान्छेले दूध सेवन गर्न थालेको प्रमाण प्रयोगशालामा उमारियो दाँत, मक्किने वा झर्ने समस्याको उपचारमा नयाँ सम्भावना मुखको ब्याक्टेरियाले 'भविष्यको मस्तिष्क स्वास्थ्यको सङ्केत गर्न सक्छ' केरटिनले दाँतमा के गर्छ 'एड्भान्स्ड हेल्थकेअर मटेरिअल्स'मा प्रकाशित शोधका लागि वैज्ञानिकहरूले ऊनबाट निकालिएको केरटिन प्रयोग गरेका थिए।केरटिन दाँतमा दलेपछि थुकमा भएका खनिज पदार्थहरूसँग त्यसको संसर्ग हुँदा त्यसबाट निकै सङ्गठित र स्फटिकजस्तो संरचना बन्ने अनि उक्त संरचना दाँतमा प्राकृतिक रूपमै हुने इन्यामलजस्तो हुने र त्यसले जसरी नै काम गर्ने वैज्ञानिकहरूले पत्ता लगाए।उनीहरूका अनुसार उक्त संरचनाले क्याल्सिअम र फस्फेट आयनहरूलाई आकर्षित गरिरहन्छ र त्यसबाट दाँतबाहिर इन्यामलजस्तै खालको सुरक्षाकवच बन्छ। BBC अमिलो खानेकुरा र पेयपदार्थ सेवन गर्दा, मुख सफा नहुँदा र बढ्दो उमेरका कारण इन्यामल खिइने र दाँत मक्किने हुन्छ। त्यसबाट दाँतमा संवेदनशीलता उत्पन्न हुने, दुख्ने र अन्ततः झर्ने समस्या देखा पर्छन्।"हड्डी र कपाल फेरि बन्छन् तर इन्यामल फेरि बन्दैन। एकचोटि गुमेपछि त्यो सदाका लागि गुम्छ," वरिष्ठ लेखक तथा केसीएलमा प्रस्थोडन्टिक्सका विशेषज्ञ दन्तचिकित्सक डा शेरिफ एल्शार्कावीले भने।"हामी एउटा रोचक युगमा प्रवेश गर्दै छौँ जसमा जैविक प्रविधिले हामीलाई लक्षणहरूको उपचार गर्न समर्थ मात्र बनाउने होइन, शरीरमै हुने पदार्थ प्रयोग गरी जैविक कार्य पुनः हुन सक्ने बनाउन पनि सक्छ।""यसमा अझ परिस्कार गरेर र उपयुक्त औद्योगिक साझेदारी गरेर हामी चाँडै काटिएको कपालजस्तो सामान्य चिजबाट पनि अझ राम्ररी हाँस्न सक्ने हुन सक्छौँ," उनले भने। यी आठ खानेकुरा जसले पेटमा वायु निम्त्याउँछन् – केहीको नाममा तपाईँलाई आश्चर्य पनि लाग्न सक्छ 'पाचनक्रियासँग मात्र सम्बन्धित छैन पेटको स्वास्थ्य' टुसा उम्रेका आलु, प्याज र लसुन खाने कि नखाने बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।