Redirecting...

महिन्द्राले हेटौँडामा ‘इलेक्ट्रिक ओरिजिन’ एसयुभि BE 6 र XEV 9e सार्वजनिक गर्‍यो - corporatesamachar.com

महिन्द्राले हेटौँडामा ‘इलेक्ट्रिक ओरिजिन’ एसयुभि BE 6 र XEV 9e सार्वजनिक गर्‍यो - corporatesamachar.com
Source: copr

हेटौंडा।नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हेटौँडामा अत्याधुनिक ‘इलेक्ट्रिक ओरिजिन’ एसयुभिहरू BE 6 र XEV 9e सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिका–७, न्युरेनिस्थित महिन्द्रा सोरूममा आयोजित कार्यक्रममा यी विद्युतीय एसयुभिहरू हेटौँडा तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै सार्वजनिक गरिएका हुन् । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुयाँल, ग्राहकवर्ग तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । महिन्द्राको अत्याधुनिक INGLO (इङ्ग्लो) प्लेटफर्ममा आधारित यी एसयुभिहरू MAIA (Mahindra Artificial Intelligence Architecture) बाट सञ्चालित छन् । कम्पनीका अनुसार BE 6 र XEV 9e को क्षेत्रीय सार्वजनिकिकरणले विद्युतीय सवारी क्षेत्रमा हेटौँडाबाट नयाँ यात्राको सुरुवात गरेको छ । BE 6 र XEV 9e पहिलो पटक सन् २०२५ मा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यसयता यी ‘Born Electric Vehicles’ ले प्रदर्शन, इन्टेलिजेन्स, डिजाइन र दिगोपनाको संयोजनमार्फत नेपाली उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन् । हालै XEV 9e ले Indian Car of the Year (ICOTY) 2026 अन्तर्गत ‘Green Car of the Year 2026’ अवार्ड समेत प्राप्त गरेको छ । अग्नि ग्रुपले विद्युतीय सवारीप्रति बढ्दो मागलाई ध्यानमा राख्दै महिन्द्राको ‘Born Electric’ लाइनअपलाई उपत्यका बाहिरका प्रमुख सहरी केन्द्रहरूमा विस्तार गर्ने योजना बनाएको जनाएको छ । हेटौँडामा गरिएको यो सार्वजनिकिकरण सोही रणनीतिको महत्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ । अग्नि ग्रुपका अनुसार, “इलेक्ट्रिक मोबिलिटी नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण आधार हो । क्षेत्रीय सहरहरूमा यस्ता अत्याधुनिक सवारी उपलब्ध गरिनुले दीर्घकालीन आर्थिक र वातावरणीय लाभ सिर्जना गर्छ ।” BE 6 र XEV 9e दुबै मोडेलले महिन्द्राको ‘Heartcore’ डिजाइन दर्शन झल्काउँछन् । BE 6 मा स्पोर्टी र एथलेटिक डिजाइन रहेको छ भने XEV 9e ले लक्जरी एसयुभि कुपे शैली प्रस्तुत गर्दछ । शक्तिशाली परफर्मेन्स, स्मार्ट कनेक्टेड प्रविधि, एडास लेभल २ र २+ सुरक्षा सुविधा, अटोपार्क, ट्रिपल स्क्रिन डिस्प्ले, हार्मन कार्डन साउन्ड सिस्टम जस्ता विशेषताले यी मोडेललाई प्रिमियम विद्युतीय एसयुभिको रूपमा स्थापित गरेका छन् । मूल्यतर्फ, BE 6 को सुरुवाती मूल्य रु. ५७ लाख र XEV 9e को रु. ६९ लाख तोकिएको छ । दुबै मोडेल विभिन्न भेरियन्टमा उपलब्ध छन् र सबै भेरियन्टका लागि बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।