गोली प्रहार गरी सर्लाहीमा इन्जिनियरको हत्या - farakdhar.com
Source: FRDH
अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीको मलङ्गवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ । ३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ : ५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ । सिरहा घर भएका यादव मलङ्गवामा डेरामा बस्दैआएका थिए । उनको शरीरमा एक गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर ढलेका यादवलाई घाइते अवस्थाका तत्काल प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाए...