निर्वाचनअघि गरिनुपर्ने प्रणालीगत सुधार - ekantipur.com
Source: kant
प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गएको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ लाई खारेज गर्दै संशोधित निर्देशिका जारी गरेको छ । यसअघि आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विभिन्न सात वटा कानुनहरूलाई समेटेर एकीकृत निर्वाचन कानुन मस्यौदा तयार गरेको थियो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सहभागितामूलक, पहुँचयोग्य र पारदर्शी रूपले व्यवस्थापन गर्न निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्नका निम्ति प्रस्तावित विधेयक मस्यौदा निकै महत्त्वपूर्ण छ ।