पुछारबाट शिखरसम्म : लुम्बिनी लायन्सको अविश्वसनीय पुनरागमन - farakdhar.com
Source: FRDH
क्रिकेटमा भविष्यवाणी गर्नु सजिलो हुँदैन । अनिश्चितताको खेल भएकै कारण कुनै पनि परिणाम अनुमानभन्दा फरक आउन सक्छ । यही कुरा प्रमाणित भयो, नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा । धेरैको अड्कलबाजीलाई उल्टाउँदै लुम्बिनी लायन्सले यस सिजनको उपाधि जित्यो । शनिबार सम्पन्न फाइनल खेलमा गत उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । यो उपाधिले लुम्बिनीको चर्चा अहिले शिखरमा छ । लुम्बिनीलाई उपाधि दिलाउनै नायक दोस्रो सिजनको एनपिएलको सुरुवाती प्रदर्शन हेर्दा लागेको थि...