देउवालाई छ बहुमतकै चिन्ता - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारू समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरू गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारू विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारू विभाग गठन गरिएको बताए । उनले भने,‘नेपाली कांग्रेसले थारू समुदायलाई सम्मान गर्दै आएको छ । थारू समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारू विभाग गठन गरिएको छ । यो संगठन थारूहरूको हक हितका निम्ति अधिकतम प्रयोग ...