शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य - techpana.com
Source: tcpn
काठमाडौँ । अबदेखि ब्रोकर कम्पनीमा टीएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बिहीबार आफ्ना सम्पूर्ण कारोबार सदस्य (ब्रोकर) हरूलाई परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । नेप्सेको सूचनाअनुसार अबदेखि नयाँ कारोबार खाता खोल्ने नेपाली नागरिकले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बुझाउनुपर्नेछ । ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी विवरणहरू विद्युतीय माध्यमबाट प्राप्त गर्ने प्रणाली...